Logo

शनिवार, आश्विन २४ गते २०८३

images

१० लाख नेपालीलाई बीमाको धोका

१० लाख नेपालीलाई बीमाको धोका

दैनिकी न्यूज

२४, भाद्र २०७७
१० लाख नेपालीलाई बीमाको धोका
images

काठमाडौं । कोरोना भाइरसका लागि बीमा गर्नुहोस्, परीक्षणको पोजिटिभ रिपोर्ट पेश गरेर एक लाख रुपियाँ लिनुहोस् भन्दै बीमा गराउने निकाय अहिले सरकारी निकायमै परीक्षण नगरी विमित रकम दिन्नँ भनेर १० लाख नेपालीलाई धोका दिदैछ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भन्नुहुन्छ, ‘१० लाखले कोरोना बीमा गरेका छन्, बीमाका लागि दाबी परेको संख्या १ हजार २ सय रहेको र ३ सयको दाबी फच्र्योट भएको छ, दाबी परेका अन्य बाँकीका विषयमा अध्ययन हुँदैछ ।’

पिसिआर परीक्षण पोजिटिभ आएका बिरामीले कोरोना बीमाको रकम दाबी गर्दा बीमा समितिले सरकारीे ल्याबमा परीक्षण गरेकालाई मात्र भुक्तानी गर्ने जानकारी विज्ञप्ति नै निकालेर गराएको छ ।

पौडेलले यही भाद्र १८ गते जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, कोरोना बीमा दाबी प्रयोजनको लागि समितिबाट जारी भएको कोरोना बीमा मापदण्ड २०७७ को परिच्छेद ३ को दफा ११ अनुसार नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पिसिआर परीक्षण गर्दा कोरोना भाइरस ९कोभिड– १९० रोग संक्रमण पाजिटिभ भएको देखिएमा मात्र भुक्तानी गर्नुहोला ।

‘सरकारसँगै अनुमति लिएर खुलेका कुनैपनि आधिकारिक ल्याबको रिपोर्टलाई मान्यता नदिनु हास्यास्पद छ’ सशस्त्र प्रहरीको आइसोलेसनमा रहेका एक संक्रमितले भने– के सरकारले त्रिविबाट पास गरेको मान्ने अन्य विश्व विद्यालयको प्रमाणपत्र नमान्ने भन्न पाउँछ ?

नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०६:५८:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology