Logo

शनिवार, आश्विन २४ गते २०८३

images

बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता

दैनिकी न्यूज

२४, भाद्र २०७७
बिहीबारसम्म भ्याट बुझाउन सरकारको ताकेता
images

काठमाडौं । सरकारले आगामी बिहीबारसम्म मूल्य अभिवृद्धिकर (भ्याट) बुझाउन ताकेता गरेपछि अहिले व्यवसायी एवं सरोकारवालाले तीव्र असन्तुष्टि जनाउँदै निषेधाज्ञाबीच तोकिएको समयभित्र तिर्न नसक्ने भन्दै आगामी २ महिनासम्म म्याद थप्न माग गरेका छन् ।

उद्योगी व्यवसायीले तोकिएको समयभित्र मूल्य अभिवृद्धि कर (भ्याट) नबुझाएमा विलम्ब शुल्क र ब्याज तिर्नुपर्ने हुन्छ । सरकारले पछिल्लोपटक जारी राखेको निषेधाज्ञाको समयावधि पनि बुधबार राति १२ बजेसम्म कायमै छ । यस्तो अवस्थामा व्यवसायीले बिहीबारभित्र भ्याट विवरण नबुझाए विलम्ब शुल्क र ब्याज तिर्नुपर्ने आन्तरिक राजस्व विभागको चेतावनी छ ।

अहिले बढ्दो कोरोना संक्रमणको त्रासले कडा निषेधाज्ञा कायमै रहेका बेला सरकारले भ्याट तिर्न यस्तो ताकेता गर्नु गलत भएको भन्दै व्यवसायीले सरकारले भ्याट तिर्ने म्याद थप गर्नुपर्ने माग गरेका हुन् ।

लामो समयको निषेधाज्ञा लगाएर व्यवसायीलाई घरभित्रै बस्न बाध्य बनाई सरकारले जबर्जस्ती भ्याट तिर्न लगाएकामा दुःख व्यक्त गर्दै उनीहरूले कम्तीमा २ महिना समय थप्नुपर्ने भन्दै सरकारको सो ताकेताप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् ।

पछिल्लो समय सरकारले जारी राखेको निषेधाज्ञा थप कडा भएकाले बुधबारसम्म घरमा थुनिएका व्यवसायीले २५ भदौमा भ्याट करसम्बन्धी सबै कागजात तयार पार्न नसक्ने दाबी गर्दै उनीहरूले अफिसमा पुगेर आफ्नो व्यवसायका सबै कागजात मिलाउन समय लाग्ने भएकाले दुई महिना समय थपिदिन सरकारसँग आग्रह गरेका हुन् ।


नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले यस्तो अवस्थामा अव्यावहारिक काम गरेको आरोप लगाए । कोरोना महामारीबीच पनि भ्याट उठाउन सरकारले व्यवसायीलाई ताकेता गरेको भन्दै उनले यस्तो बेलामा राजस्व उठाउनेतर्फ सोच्नु नै गलत भएको बताए ।

राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।

images
प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०६:२६:१३ बजे

 

  • सेयर
  • सम्बन्धित विषय:

  • # कर

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology