काठमाडौँ । मंगलबार नेप्से परिसूचक बढेको छ ।
नेप्से परिसूचक ७.३५ अंकले घटेर १ हजार ४९५ दशमलव १५ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ०.८३ अंकले बढेर २९९.४७ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १९० कम्पनीको ४१ लाख ७५ हजार ३८३ कित्ता शेयरको किनबेच भई १ अर्ब ७९ करोड ६५ लाख ४० हजार ४४९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २३ हजार २८८ वटा कारोबार भएको छ ।
आज कारोबारमा आएका १२ वटा समूहको शेयर मध्ये २ वटा समूहको शेयर मूल्य घटेको छ । बाँकी समूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार समूह ८१.३ अंक, विकास बैंक ७.०४ अंक, जलविद्युत समूह २१.१ अंक, वित्त समूह ४.४९ अंक, निर्जिवन विमा समूह ७३.४३ अंक, उत्पादन समूह ८०.६४ अंक, अन्य समूह १२.५६ अंक, लघुवित्त समूह १९.१६ अंक, जीवन विमा समूह ४५.५९ अंक र म्युचल फण्ड समूह ०.०१ अंकले बढेको छ । उता बैकिङ समूह २.८५ अंक र होटल्स समूह ४.९६ अंकले गिरावट आएको छ ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र २७ करोड ५५ लाख ३९ हजार ९६७ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नागरिक लगानी कोषको १२ करोड २२ लाख ९६ हजार २७७ रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको ९ करोड ९१ लाख ९० हजार २१० रुपैयाँ बराबरको कारोबार भएको छ ।