Logo

शनिवार, आश्विन २४ गते २०८३

images

रिलायन्स लाइफको आईपीओ नेप्सेमा सूचीकृत

रिलायन्स लाइफको आईपीओ नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

२२, भाद्र २०७७
रिलायन्स लाइफको आईपीओ नेप्सेमा सूचीकृत
images

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

कम्पनीको शेयर अब भोलि मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने नेप्सेले जनाएको छ।

कारोबारका लागि इन्स्योरेन्सले आरएलआई शेयर संकेत पाएको छ। त्यसैगरी, पहिलो कारोबारको लागि इन्स्योरेन्सले न्यूनतम प्रतिकित्ता १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ।

कम्पनीले ६३ लाख कित्ता साधारण शेयर सहत कूल २ करोड १० लाख कित्ता शेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो । कम्पनीमा शेयर संरचनामा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण शेयर अनुपात रहेको छ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १४:१०:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology