काठमाडौँ । सोमबार नेप्से दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक २२.२४ अंकको बढेर १ हजार ४८४ दशमलव ९२ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.०५ अंकले बढेर २९८.३५ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८९ कम्पनीको ७७ लाख ६२ हजार ९३६ कित्ता शेयरको किनबेच भई ३ अर्ब ४६ करोड २५ लाख ६६ हजार ९६५ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ४० हजार २०३ वटा कारोबार भएको छ ।
आज दिन होटल्स समूहबाहेक कारोबारमा आएका ११ वटा समूहको शेयर मुल्य बढेको छ । यस दिन बैकिङ समूह ४.९५ अंक, व्यापार समूह १८.०५ समूह, विकास बैंक समूह १.५ अंक, जलविद्युत समूह ३३.६१ अंक, वित्त समूह १.१ अंक, निर्जिवन विमा समूह २३३.७ अंक, उत्पादन समूह ८८.७१ अंक, अन्य समूह ३७.४ अंक, अन्य समूह ३७.४ अंक, लघुवित्त समूह ८.५८ अंक, जीवन विमा समूह २६०.३३ अंक र म्यचुल फण्ड समूह ०.०८ अंकले बढेका छन् । तर होटल्स समूह ०.७७ अंकले घटेको छ ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र २८ करोड ७१ लाख ४३ हजार ८३८ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नेको इन्स्योरेन्स कम्पनीको १७ करोड ३५ लाख १८ हजार ६५३ रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीको १६ करोड १९ लाख ५५ हजार ४४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।