काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३० प्रतिशत हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतवार सूचीकृत भएको छ ।
कम्पनीले उक्त हकप्रद बापतको ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
सूचीकृत भएसँगै सोमवारदेखि कारोबारयोग्य भएको यो शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपश्चात कारोबार गर्न सक्नेछन् ।