काठमाडौँ । पछिल्ला केहि दिनदेखि लगातार बढीरहेको नेप्से आज सामान्य अंकले करेक्सन भएको छ ।
नेप्से परिसूचक ४ अंकको बढेर १ हजार ४५८ दशमलव शून्य ४ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.६४ अंकले बढेर २९७ दशमलव १० को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयरको किनबेच भई १ अर्ब ९८ करोड १७ लाख ६१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २८ हजार ३८५ वटा कारोबार भएको छ ।
आज दिन निर्जिवन विमा समूह, उत्पादन र जीवन विमा समूह बाहेक कारोबारमा आएका ९ वटा समूहको शेयर मुल्य घटेको छ । यस दिन बैकिङ समूह ४.०६ अंक, व्यापार समूह १४.३ समूह, होटल्स समूह २१.५५ अंक, विकास बैंक समूह २१.८९ अंक, जलविद्युत समूह ७.१७ प्रतिशत, वित्त समूह ३.२७ अंक, अन्य समूह ०.४६ अंक, लघुवित्त समूह २३.४ अंक, र म्युचल फण्ड समूह ०.०७ अंकले बढेको छ । उता निर्जिवन विमा समूह १९.७३ अंक, उत्पादन समूह ४१.१६ अंक, र जीवन विमा ११.०५ अंकले घटेको छ ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र २२ करोड ४६ लाख ८० हजार ११० रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नेको इन्स्योरेन्स कम्पनीको १२ करोड २३ लाख ७४ हजार ६२३ रुपैयाँ, शिभम सिमेन्टको ८ करोड १९ लाख १४ हजार ३८१ रुपैयाँ, एनआईसी एशिया बैंकको ८ करोड १९ लाख १४ हजार ३८१ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ७ करोड २१ लाख ३९ हजार २५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टका सेयरधनीहरुले उच्च कमाए । यस कम्पनीको शेयर मूल्य ९.८२ प्रतिशतले बढ्यो । दिव्यश्वरी हाइड्रोपावरको शेयर मूल्य ५.८४ प्रतिशत, शिभम सिमेन्टको ५.१० प्रतिशत, कालीका पावर कम्पनीको ४.८१ प्रतिशतले शेयर मूल्य बढ्यो ।
यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ४.०७ प्रतिशतले गिरावट आयो । त्यस्तै गुराँस लघुवित्तको ४.०४ प्रतिशत, रसुवागढी हाइड्रोपावर कम्पनीको ३.९२ प्रतिशतले गिरावट आयो ।