Logo

शनिवार, आश्विन २४ गते २०८३

images

एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्यमा सकारात्मक सर्किट

एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्यमा सकारात्मक सर्किट

दैनिकी न्यूज

१०, भाद्र २०७७
एनआरएन इन्फ्रास्टक्चरको शेयरमूल्यमा सकारात्मक सर्किट
images

काठमाडौं । बुधबार कारोबार आएको पहिलो दिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

बजार खुलेको १४ मिनेटमा नै सो कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो। ३०६ रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको शेयर सो अवधिसम्ममा ३० रुपैयाँ बढेर ३३६ रुपैयाँमा कारोबार भइरहेको छ।

यस अनुसार गणना गर्दा कम्पनीको शेयरमूल्य ९.८० प्रतिशत बढीसकेको छ।

नेप्सेले यसको ओपनिङ रेन्ज पहिलो कारोबार न्यूनतम १०२ रुपैयाँ ०६ पैसादेखि अधिकतम ३०६ रुपैयाँ १८ पैसा तोकेको थियो । एनआरएनको १ करोड १३ लाख २६ हजार ८२१ कित्ता सेयर सूचीकरण गरिएको हो ।

images
प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १२:३७:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology