काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ गते बिहीवारदेखि विक्री खुला गरेको आईपीओमा ६ लाख ६ हजार ३३१ जनाको आवेदन परेको छ ।
विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार अन्तिम दिन सोमवार साँझ ५ बजेसम्ममा ती आवेदकहरुबाट २ करोड ४१ लाख ३१ हजार ८७० कित्ता शेयरको लागि आवेदन परेको हो । जुन मागभन्दा ४ दशमलव २५ गुणा बढी हुन आउँछ ।
कम्पनीले सर्वसाधारणका लागि कुल ६३ लाख कित्तामध्ये ५६ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर रू। १०० अंकित दरको कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित पश्चात बाँकी रहेको शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित उक्त कम्पनीले आईपीओ विक्री गर्न साउन १६ गते अनुमति पाएको थियो । आर्थिक अभियानबाट