Logo

शनिवार, आश्विन २४ गते २०८३

images

शेयर बजारमा उछाल आयो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

शेयर बजारमा उछाल आयो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

दैनिकी न्यूज

८, भाद्र २०७७
शेयर बजारमा उछाल आयो, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु
images

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले बढेको छ ।

नेप्से परिसूचक २१.११ अंकको बढेर १ हजार ४३१ दशमलव ४५ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.५२ अंकले बढेर २९३ दशमलव शून्य ७ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयरको किनबेच भई २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन २७ हजार ५६६ वटा कारोबार भएको छ ।

आज दिन होटल्स समूह बाहेक कारोबारमा आएका ११ वटा समूहको शेयर मुल्य बढेको छ । यस दिन बैकिङ समूह १५.८२ अंक, व्यापार समूह १३.७३ अंक, विकास बैंक समूह १७.१६ अंक, वित्त समूह ३.६६ अंक, जलविद्यूत समूह ७.२२ अंक, निर्जिवन विमा समूह १२८.६९ अंक, उत्पादन समूह ६४.९१ अंक, अन्य समूह १२.३६ अंक, लघुवित्त समूह ५५.७३ अंक, जीवन विमा समूह १६२.८७ अंक र म्यचल फण्ड समूह ०.०३ अंकले बढेको छ । उता होटल्स समूह १.४३ अंकले घटेको छ ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र १९ करोड ३७ लाख ५ हजार ७२१ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड ३२ लाख ४१ हजार ११९ रुपैयाँ, नेको इन्स्योरेन्सको १० करोड ४ लाख ४१ हजार २६४ रुपैयाँ, ग्लोबल आईएमई बैंकको ८ करोड ४६ लाख ६५ हजार ६८२ रुपैयाँ, नेपाल बैंकको ६ करोड ९१ लाख ३३ हजार ५३६ रुपैयाँ, शिभम सिमेन्टको ६ करोड ४४ लाख ५८ हजार ८२९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कर्पोरेट डेभलमेन्ट बैंकका सेयरधनीहरुले उच्च कमाए । यस कम्पनीको शेयर मूल्य ६.९० प्रतिशतले बढ्यो । खानीखोला हाइड्रोपावरको ६.२५ प्रतिशत, रुलर माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ५.५० प्रतिशत, घलेम्दी हाइड्रोको ५.०८ प्रतिशतले शेयर मूल्य बढ्यो ।

यो दिन छ्याङदी हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा २.२५ प्रतिशतले गिरावट आयो । त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको १.९७ प्रतिशत, मल्टीप्रपोज फाइनान्स कम्पनीको १.८५ प्रतिशत, प्रोगेसिभ फाइनान्सको १.८५ प्रतिशतले गिरावट आयो ।

 

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - १५:२३:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology