Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति आवेदन पर्यो रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो दिनसम्म ?

कति आवेदन पर्यो रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो दिनसम्म ?

दैनिकी न्यूज

७, भाद्र २०७७
कति आवेदन पर्यो रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो दिनसम्म ?
images

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आइतवार साँझ पाँच बजेसम्ममा ५ लाख ३ हजार ८०२ जनाले २ करोड ४ लाख १४ हजार १९० कित्ताका लागि आवेदन गरेका छन् ।

विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा हालसम्म रू. २ अर्ब ४ करोड १४ लाख १९ हजार बराबरको आवेदन परको छ ।

उक्त आईपीको लागि माग गरिएकोभन्दा ३ दशमलव ६० गुणा बढी आवेदन परेको छ ।सर्वसाधारणको लागि विक्री खुला गरिएको ५६ लाख ७० हजार कित्ताको लागि मागभन्दा ३ दशमलव ६० गुणा धेरै हो ।

कम्पनीले २ अर्ब १० करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता रु. १०० अंकित दरका ६३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो।

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम ६३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा भदौ ८ गतेसम्म हुनेछ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरु वा ‘मेरो सेयर’ बाट खरिद आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १८:२१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology