Logo

शनिवार, आश्विन २४ गते २०८३

images

२५ लाख ९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

२५ लाख ९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत

दैनिकी न्यूज

७, भाद्र २०७७
२५ लाख ९ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत
images

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको १२.५० प्रतिशत बोनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (आइतबार) सूचीकृत भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७४–७५ सम्म सञ्चित नाफाबाट वितरण गरेको २५ लाख ९ हजार ९२५ कित्ता बोनस शेयर सूचीकरण भएको हो।

सूचीकृत भएसँगै कम्पनीका लगानीकर्ताले दोस्रो बजार मार्फत उक्त बोनस शेयर खरीद बिक्री गर्न सक्नेछन्।

गत असार २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो। साधारण सभाका लागि कम्पनीले असार १९ गते बुकक्लोज गरेकाले १८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

यससँगै प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १३:२६:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology