Logo

शनिवार, आश्विन २४ गते २०८३

images

कति लाभांश प्रस्ताव गर्यो समता लघुवित्तले ?

कति लाभांश प्रस्ताव गर्यो समता लघुवित्तले ?

दैनिकी न्यूज

७, भाद्र २०७७
कति लाभांश प्रस्ताव गर्यो समता लघुवित्तले  ?
images

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०७६–७७ को मुनाफाबाट २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

लघुवित्तले गत आवसम्मको मुनाफाबाट असार मसान्तसम्म कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजन सहित ६ दमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। भदौ ५ गते बसेको लघुवित्तको सञ्चालन समितिले सो निर्णय गरेको हो। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

लघुवित्तको चुक्ता पूँजी १९ करोड ११ लाख १६ हजार ८०० रुपैयाँ रहेको छ। बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड ९३ लाख ४० हजार १६० रुपैयाँ पुग्नेछ।

 

images
प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - ११:१३:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology