काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिन १० करोड २ लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा सो मात्राको आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।
क्यापिटलका अनुसार २६ हजार एक सय ९० जना आवेदकले कम्पनीको १० लाख २ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका हुन् । जुन संस्थाले माग गरेको सेयरको २८।११ प्रतिशत आवेदन परेको हो ।
कम्पनीले आजबाट ३५ करोड ६४ लाख रूपैयाँ बराबरको ३५ लाख ६४ हजार ९ सय ३० कित्ता सेयर सर्वसाधारणमा बिक्रीमा राखेको छ । जसमा इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेयर निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते९बैंकिङ समयसम्म० हुने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।