काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक दोहोरो अंकले गिरावट आएको छ ।
नेप्से परिसूचक १६.६० अंकको घटेर १ हजार ३९१ दशमल २९ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । यो दिन राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स २.७१ अंकको गिरावटका साथ २८७ दशमलव ०७ को विन्दुमा आएर कारोबार बन्द भएको छ । यस दिन १८५ कम्पनीको २४ लाख ७४ हजार ३२९ कित्ता शेयरको किनबेच भई ९७ करोड लाख ६२ लाख ३५ हजार ५९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन १६ हजार ८७५ वटा कारोबार भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहको शेयर मुल्यमा गिरावट आएको छ । यस दिन बैकिङ समूह १५.१२ अंक, व्यापार समूह १२.२८ अंक, होटल्स समूह ३.९८ अंक, विकास बैंक समूह १८.३१ अंक, जलविद्युत समूह ६.२१ अंक, वित्त समूह ३.०३ अंक, निर्जिवन विमा समूह ११३.४४ अंक, उत्पादन समूह ४०.८ अंक, अन्य ३.८८ अंक, लघुवित्त समूह २९.९ अंक, जीवन विमा समूह १३६.५९ अंक र म्युचल फण्ड समुह शून्य अंकले घटेको छ ।
यो दिन नागरिक लगानी कोषले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ७ करोड ९५ लाख ६० हजार २९० रुपैया बराबरको कारोबार भयो । यसैगरी नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ६३ लाख ४८ हजार ६१४ रुपैयाँ, नेको इन्स्योरेन्सको ६ करोड ३९ लाख ६९ हजार ५०८ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ५५ लाख ४५ हजार ६१० रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज समृद्धि फाइनान्स कम्पनीका सेयरधनीहरुले उच्च कमाए । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लाग्यो । पन्चकन्या माई हाइड्रोपावरको ५.१३ प्रतिशत, युनियन हाइड्रोपावरको ३.४५ प्रतिशत, छयाङ्गी हाइड्रोपावरको ३.४५ प्रतिशत, साधना लघुवित्तको ३.३२ प्रतिशतले बढ्यो ।
यो दिन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ३.८० प्रतिशतको हाराहारीमा गिरावट आयो । त्यस्तै मितेरी डेभलपमेन्ट बैंकको ३.२६ प्रतिशत, रैराङ हाइड्रोपावरको ३.२३ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ३.२३ प्रतिशतले गिरावट आयो ।