Logo

शनिवार, आश्विन २४ गते २०८३

images

आजबाट ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन

आजबाट ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन

दैनिकी न्यूज

३, भाद्र २०७७
आजबाट ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन
images

काठमाडौं । आज (भदौ ३ गते) देखि  ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन भएको छ। लिवर्टी ईनर्जी कम्पनीले सर्वसाधारणका लागि आज (भदौ ३ गते) देखि सो शेयर निष्काशन गरेको  हो । निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने ढिलोमा भदौ १७ गते हुनेछ।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै मेराे शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन्।

images
प्रकाशित मिति :भाद्र ३, २०७७ बुधवार - ०७:११:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology