काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १०.७५ अंकको बढेर सूचक १ हजार ४०२.२१ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । त्यस्तै त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक पनि १.१४ अंकले बढेर २९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १८४ कम्पनीका ३५ लाख ९१ हजार ४८ कित्ता सेयर १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भयो । यस दिन १६ हजार ७२४ वटा कारोबार भएका छन् ।
आज कारोबारमा आएका हाइड्रोपावर बाहेक सबै समूहको शेयर मुल्य बढेको छ । बैकिङ समूह ६.५९ प्रतिशत, व्यापारसमूह ७.१३ अंक, होटल्स समूह १४.१६ अंक, विकास बैंक ९.९४ अंक, वित्त समूह ०.१७ अंक, निर्जीवन विमा समूह १६२.१३ अंक, उत्पादन समूह १५.८२ अंक, अन्य समूह १०.३७ अंक, लघुवित्त समूह ७.६३ अंक, जीवन विमा समूह १०६.२३ अंक, म्युचल फण्ड ० अंकले बढेको छ । उता जलविद्युत समूह १.४७ अंकले घटेको छ ।
आज नेपाल बैकले उच्च कारोबार गर्यो । यो कम्पनीको मात्र ७ करोड ४४ लाख १४ हजार २४ रुपैयाँ बराबरको कारोबार भयो । यसैगरी नेपाल पुनर्बीमा कम्पनीका ६ करोड ४२ लाख ३५ हजार ८२४ रुपैयाँ, नेको इन्स्योरेन्सको ५ करोड ६० लाख ९३ हजार ३४३ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४१ लाख ३१ हजार ७९७ रुपैयाँ, ग्लोबल आईएमई बैंकको ३ करोड ८८ लाख १८ हजार ५५८ रुपैयाँ बराबरको कारोबार भयो ।
सर्वाधिक कमाउने कम्पनी
आज साधना लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.८९ प्रतिशतले बढ्यो । त्यस्तै घलेम्दी हाइड्रोको ७.१४ प्रतिशत, जोशी हाइड्रोपावरको ६.७८ प्रतिशत, सर्पोट माइक्रोफाइनान्सको ६.६० प्रतिशतले बढ्यो ।
सर्वाधिक गुमाउने कम्पनी
आज छयाङ्गी हाइड्रोको सबैभन्दा बढी ४.४० प्रतिशतले गिरावट आयो । त्यस्तै दिव्यश्वरी हाइड्रोपावरको ३.६४ प्रतिशत, युनियन हाइड्रोपावरको ३.६४ प्रतिशतले गिरावट आयो ।