काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले १७ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–७६ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ४६ करोड २३ लाख रुपैयाँ नगद र २।५ प्रतिशत अर्थात ७ करोड ७० लाख रुपैयाँ बराबरको बोनस गरी १७ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश बीमा समितिबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरु हकदार हुनेछन् ।