काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से १६ दशमलव ५१ अंकले बढेर १ हजार ४०८ दशमलव ७९ विन्दुमा आएर कारोबार बन्द भएको छ ।
१९१ कम्पनीको १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ३४ लाख ९ हजार ४६१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
व्यापारिक बाहेक खरिदबिक्री भएका सबै समूहका सूचक घटेका छन् । आज जीवन बिमा समूह सबैभन्दा धेरै ९९.५२ अंकले घटेको छ । यता, वाणिज्य बैंक समूहमा पनि १६.३ अंकले ह्रास भएको छ ।
खरिदबिक्रीमा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको ७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआईसी एशिया बैंकको ६ करोड ३ लाख, नेपाल पुर्नविमा कम्पनीको ५ करोड २ लाख भन्दा बढीको भयो ।
दिव्यश्वरी हाइड्रोपावर र साधना लघुवित्तको भाउ १० प्रतिशतका दरले बढेको छ । जोशी हाइड्रोपावरको ८.९३ प्रतिशत, आंशुखोला जलविद्यूतको ५.८८ प्रतिशतले बढ्यो ।
नेपाल फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.६८ प्रतिशतले गुमाएका छन् । त्यस्तै अजोड इन्स्योरेन्सको ४.७९ प्रतिशत, ग्लोबल आईएमइ लघुवित्तको ४.७२ प्रतिशतले बढ्यो ।
लगानीका अन्यत्र क्षेत्रहरु नहुँदा पछिल्लो चरणमा शेयर बजारमा लगानी गर्ने बढेका थिए । तर, कोरोनाको असर सूचीकृत कम्पनीका प्रकाशित वित्तीय विवरणहरुमा देखिन थालेपछि भोलिका दिनमा के होला भन्ने चिन्ता लगानीकर्ताहरुको भएको पाईन्छ । यस्तै अन्योलतामा लगानीकर्ता रुमलिदा बजारमा नकारात्मक प्रभाव परेको हो ।