काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक १.५१ अंकले बढेर १ हजार ४२५.३२ विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । वाणिज्य बैंक समूहको सूचक ३.८१ विन्दुले बढेको छ । १८८ कम्पनीको ९५ करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कुल ३० लाख ३२ हजार ३११ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका १२ समूहमध्ये ६ वटा समूहको शेयर मूल्य बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह ३९.०८ अंकले बढेको छ । यता, वाणिज्य बैंक समूहको सूचक ३.८१ विन्दुले माथि लागेको छ ।
खरिदबिक्रीमा युनाइटेड इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ६ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल पुनर्बीमा कम्पनी र तेस्रोमा नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।
साधना लघुवित्तको भाउ सबैभन्दा धेरै ९.८९ प्रतिशतले बढेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा युनियन हाइड्रोपावर परेको छ । यसको भाउ ६.४५५ ले घटेको छ ।