Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जिल्ला न्यायाधीशका लागि २४ जना सिफारिस

जिल्ला न्यायाधीशका लागि २४ जना सिफारिस

दैनिकी न्यूज

२८, श्रावण २०७७
जिल्ला न्यायाधीशका लागि २४ जना सिफारिस
images

काठमाडौँ । न्याय परिषद्ले २४ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्ले लिएको लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गरेका २४ जनालाई नियुक्तिका लागि सिफारिस गरेको हो । मंगलबार परिषद्ले अन्तिम सिफारिस सूची प्रकाशन गरेको हो ।

२९ दरबन्दी पदपूर्तिका लागि भएको लिखित परीक्षामा मागभन्दा कममात्र उम्मेदवार सफल भएका थिए । २६ जनाले लिखित परीक्षा उत्तीर्ण गरेका थिए । २६ मध्ये अन्तर्वार्तापछि २४ जना नियुक्तिका लागि सिफारिस भएका हुन् । दुई जना वैकल्पिक उम्मेदवारको सूचीमा छन् । लिखित परीक्षामा महिला, आदिवासी जनजाति र पिछडिएको क्षेत्रको क्लष्टरबाट कोही पनि उत्तीर्ण भएका थिएनन् ।

परिषद्का अनुसार आन्तरिक खुलातर्फ १४ जना जिल्ला न्यायाधीशमा सिफारिस भएका छन् । जसमा यज्ञप्रसाद आचार्य, बलराम लम्साल, बालकृष्ण वाग्ले, जगतबहादुर पौडेल, डिल्लीराम शर्मा अर्याल, तिलकबहादुर कार्की हुनुहुन्छ । यस्तै, केशवराज चपाईँ, रामचन्द्र खड्का, चन्द्रप्रकाश तिवारी, दिलकुमार वर्देवा, ठाकुरप्रसाद खरेल, विष्णुप्रसाद अवस्थी, उत्तम सिलुवाल, खेमराज भट्ट पनि अन्तरिक खुलातर्फबाट न्यायाधीश नियुक्त हुनुभएको छ ।

यस्तै, खुलामा ९ जना सिफारिस हुनुभएको छ । जसमा ध्रुवराज कार्की, टेकनाथ गौतम, श्याम विहारी मौर्य, ढाकाराम पौडेल, ईश्वरमणि ओझा, मनोजकुमार श्रीवास्तव, उद्धवप्रसाद गजुरेल, पुण्यप्रसाद सापकोटा हुनुहुन्छ । अपाङ्गता भएकातर्फको एक कोटामा रोमाकान्त ज्ञवाली न्यायाधीशमा सिफारिस हुनुभएको छ ।

गोरखापत्र दैनिकमा नारायण काफ्लेले लेखेका छन् ।

images
प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - ०७:५९:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology