Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि, को हुन ती संक्रमित ?

सोमबार ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि, को हुन ती संक्रमित ?

दैनिकी न्यूज

१२, श्रावण २०७७
सोमबार ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि, को हुन ती संक्रमित ?
images

ललितपुर । सोमबार ललितपुरका ५ जनामा कोरोना संक्रमित भेटिएको छ ।

सोमबार देखिएका संक्रमितहरुमा गोदावरी नगरपालिकाका २९ वर्षिय पुरुष, ललितपुर महानगरपालिकाका ५ वर्षको बालक, १० वर्षको बालिका, ३९ वर्षको महिला र २ वर्षको बालक रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । गोदावरीमा देखिएको २९ वर्षिय पुरुष सांग्रिला स्कूलको क्वारिन्टनमा रहेका छन् ।

la.jpg

योसँगै ललितपुरमा हालसम्म ९४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुगेको छ, जसमध्ये महिला ३९ जना र पुरुष ५५ जना रहेका छन् । ललितपुरको बुंगमतीमा ५७ वर्षिय पुरुष र टीकाथलीमा ५० वर्षिय पुरुषको निधन भएको छ ।


त्यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३९ जना संक्रमित थपिएका छन् । १६ हजार ३७९ जना क्वारेन्टाइनमा र ४ हजार ९५० जना आइसोलेसनमा उपचाररत रहेका छन् । आज ६२६ जना डिस्चार्ज भएका छन् ।

आज वीरगन्जका ६५ वर्षिय पुरुष, धनुषाका ३६ वर्षिय पुरुष र बारा जिल्लाको फेटा गाउँपालिकाका ४८ वर्षिय पुरुष गरी तीन जनाको निधन भएको छ । योसँगै कोरोनाबाट निधन हुनेको संख्या ४८ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो ।

sarathi dairy.jpg

images
प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १७:२९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology