Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शनिबार थप १ सय ९ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ३ जना

शनिबार थप १ सय ९ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ३ जना

दैनिकी न्यूज

१०, श्रावण २०७७
शनिबार थप १ सय ९ जनामा कोरोना संक्रमण,  काठमाडौं उपत्यकामा ३ जना
images

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा १ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ । नियमित मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १०९ जनामा संक्रमण देखिएको बताएका हुन् ।

आज थपिएका नयाँ संक्रमितहरुमा झापाका १, खोटाङका १, सप्तरीका ११, पर्साका ८, रौतहटका ४, सर्लाहीका १, चितवनका १, बाराका ३, मकवानपुरका १, नवलपरासीपूर्वका ४, काठमाडौंका २, ललितपुरका १, अछामका १, गुल्मीका ३, कपिलवस्तुका ६, पाल्पाका ४, बाँकेका २, बर्दियाका २, दाङका ५, तनहुँका १, अछामका २, कालीकोटका ३, दैलेखका ३, हुम्लाका १, जाजरकोटका ६, मुगुका २, सुर्खेतका २२, डढेलधुराका ८, डोटीका १३ र बैतडीका ३ जना रहेका छन् ।

२४ घण्टामा १०६ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ रहेको छ। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। प्रवक्ता गौतमका अनुसार शुक्रबार वीरगन्जमा एक युवतीको मृत्यु भएसँगै मृतकको संख्या ४५ पुगेको हो। शुक्रबार वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी युवतीको मृत्यु भएको थियो। बाराको परवानीपुर घर भएकी १९ वर्षीया ती युवतीलाई स्वास्थ्यमा समस्या भएपछि बुधबार वीरगन्जकै वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो।

बिहीबार राति साढे ९ बजे तिर वीरगन्ज हेल्थ केयरबाट उनलाई गण्डकस्थित अस्थायी कोभिड अस्पताल लगिएको थियो। उनको आरडीटी पोजिटिभ आए पनि पीसीआर रिपोर्ट भने मृत्युपछि मात्र आएको हो।

प्रवक्ता गौतमका मृतक युवतीलाई आइसोलेसनमा उपचारकै क्रममा पखाला धेरै चलेको थियो भने शरीमार अक्सिजनको मात्र कम भएको थियो।

पछिल्ला दिनमा कोरोना संक्रमण दर घट्दै जाँदा ६ जिल्लामा भने संक्रमण शून्यमा झरेको छ। प्रवक्ता गौतमका अनुसार पाँचथर, भोजपुर, संखुवासभा, रसुवा मनाङ र मुस्ताङमा कोरोना शून्य भएको हो।

पछिल्लो २४ घण्टामा चार हजार ७५ जनाको नमुना परीक्षण गर्दा १०९ जनाको रिपोर्ट पोजिटिभ आएको हो। नेपालमा अहिले कोरोनाका संक्रिय संक्रमित पाँच हजार तीन सय ८५ रहेका छन्। कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ ।

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - १६:५२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology