काठमाडौँ। मंगलबार कोरोनाभाइरसबाट नोभेल कोरोना भाइरसका १५० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७ प्रयोगशालाबाट तीन हजार ९५३ जनाको जनाको पीसीआर परीक्षण गरिएकोमा १५० संक्रमित थपिएका हुन् ।
प्रबक्ता गौतमका अनुसार अहिले देशभर सक्रिय संक्रमितको पाँच हजार ४सय ७७ रहेको छ भने तीन जिल्लामा रौतहट, कैलाली र बाजुरामा पाँच सय भन्दा सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी ७ जिल्लामा भोजपुर, पाँचथर, रसुवा, धनकुटा, मनाङ, मुस्ताङ, संखुवासभामा संक्रमितको संख्या शून्य रहेको छ ।
पछिल्लो २४ घण्टामा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ६०९ रहेको छ । हालसम्म देशभरबाट १२ हजार ४७७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरका २१ हजार ७०४ जना क्वारेन्टिनमा रहेका छन् भने नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० जनाको मृत्यु भइसकेको छ ।