Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा उद्धार

बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा उद्धार

दैनिकी न्यूज

६, श्रावण २०७७
बाढीमा फसेका दुई जनाको नेपाली सेनाद्वारा उद्धार
images

इलाम । गएराति इलामको माईखोलामा आएको बाढीमा फसेका दुई जनाको नेपाली सेनाले उद्धार गरेको छ।

इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटिएको सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो। माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका(५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि उनीहरु फसेका थिए। खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुलाई सकुशल बाढीबाट निकालेको छ। भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु बसेका थिए।

रातिको समयमा लाइफ ज्याकेट लगाएर आवश्यक सुरक्षाका साथ उनीहरुको सफल उद्धार गरिएको सेनाले जनाएको छ। रासस

images
प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - १०:३०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology