Logo

शुक्रवार, आश्विन २३ गते २०८३

images

उपत्यकामा सञ्चालन भयो मयुर यातायात

उपत्यकामा सञ्चालन भयो मयुर यातायात

दैनिकी न्यूज

२९, आषाढ २०७७
उपत्यकामा सञ्चालन भयो मयुर यातायात
images

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुर यातायात प्रालीले भने बस सेवा शुरु गरेको छ । सोमवारदेखि तीन ओटा बसबाट सेवा शुरु गरिएको प्रालीले बताएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो ।

सरकारले बिहीवारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि प्रालीले बस चलाउन थालेको हो । यो बीचमा बसको मर्मतलगायतको काम भइरहेको प्रालीका सञ्चालक दीपक भण्डारीले बताए ।

पहिलो दिनमा काठमाडौं–बनेपा र चक्रपथ रुटमा बस चलेको छ । उनका अनुसार प्रालीले आगामी दिनमा अरु बस थप्नेसमेत योजना बनाएको छ । उनले भने, ‘मंगलवार र बुधवारदेखि नै अरु बस थप्दै जानेछौं ।’ बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको मागमा सो प्रालीले पनि समर्थन गरेको बताएको छ । रासस

images
प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १७:१२:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology