काठमाडौं । गुल्मी र ओखलढुंगमा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ दुई जना पक्राउ परेका छन् ।
गुल्मी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका–४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ओखलढुङगा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–४ सौरेनी बस्ने बीर बहादुर दमाईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । दमाईले ती बालिकालाई प्रलोभन देखाई आफ्नै घरको कोठामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।