Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

दैनिकी न्यूज

११, आषाढ २०७७
सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
images

काठमाडौं । सर्लाही, रुपन्देही र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

सर्लाही, बाग्मती नगरपालिका–३ आँपखोल्सीस्थित सडकमा बी आर ३९ एस ५५३० नम्बरको मोटरसाइकल सडकको छेउमा रहेको रुखमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक भारत घर भएका २७ वर्षीय संजिब ठाकुरको स्वभिमान अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका–१५ मधवलियास्थित सडकमा बा ५ च ६७१० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका कोटिहवा बस्ने ४० वर्षीया शान्ता केसीको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, खडक नगरपालिका–७ कल्याणपुरस्थित सडकमा बा।१ झ ४८४ नम्बरको स्कार्पियो गाडीले स १० प ९०५० नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका(५ बस्ने ४० वर्षीय बीरेन्द्र दास र मोटरसाइकलमा सवार उनकै ६५ वर्षीया आमाको मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १५:१५:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology