Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु

दैनिकी न्यूज

८, आषाढ २०७७
मोटरसाइकल दुर्घटनामा मृत्यु
images

चितवन । कालिका नगरपालिका–६, स्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १ बजे कमलपुरबाट स्वामीपुरतर्फ गइरहेको प्रदेश ३–०३–००२ प २०२३ नम्बरको पल्सर मोटरसाइकल खेतमा पानी लैजाने कुलोको कल्भर्टबाट खसेको थियो । दुर्घटनामा गम्भीर घाइते उनलाई तत्काल भरतपुर अस्पताल ल्याइएको थियो । उपचारको क्रममा बिहान २ः२५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

images
प्रकाशित मिति :आषाढ ८, २०७७ सोमवार - १२:२४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology