Logo

शनिवार, कार्तिक १ गते २०८३

images

रामेछापमा ३५ लाखमा सामुहिक बाख्रापालन

रामेछापमा ३५ लाखमा सामुहिक बाख्रापालन

दैनिकी न्यूज

५, आषाढ २०७७
रामेछापमा ३५ लाखमा सामुहिक बाख्रापालन
images

रामेछाप । खाँडादेवी गाउपालिका वडा नं. ३ चहरीमा केही स्थानीय युवाहरु मिलेर सामुहिक कृषि फर्म संञ्चालन गरेको छ । कृषि फर्ममा स्थानीय खरि जातका बाख्रा, कुखुरा र विभिन्न खालको तरकारी लगाएको फाम सञ्चालक गणेश बज्र लामाले जानकारी दिए ।

कृषि फाम सञ्चालनमा गणेश बज्र लामा, विश्वराज श्रेष्ठ, सरिता लामा लगायत पाँच जनाको समूहमा सामुहिक कृषि फार्म संचालन गरिएको छ ।

अहिले फार्ममा स्थानीय खरि जातका पचास वटा भन्दा बढी बाख्रा र ६ सय ५० वटा भन्दा बढी लोकल कुखुरा र तरकारी खेतीको लागि ११० रोपनी जग्गामा टनेल बनाएको लामाले जानकारी दिए । उनले भने, ‘फार्मले ४ जनालाई मासिक १५ हजारको दरले पारिश्रमिक दिइएको छ ।’


पछिल्लो समय बिदेश जाने होडबाजी चलिरहदाँ खाँडादेवी गाउपालिकामा भने युवाहरु कृषिमा सकृया भएर लागेका छन् । कृषिमै आत्मनिभर र रोजगार सृजना गर्नुपर्छ भनेर गाउपालिकाले युवाहरुलाई सहयोग गर्ने आश्वासन समेत दिएको स्थानीय युवाहरुले दैनिकीन्युजसँग बताए ।

खाडादेवी गाउपालिकाले सबै वडामा यो आर्थिक बर्ष भरी कृषिमैत्री बनाउने गाउपालिका अध्यक्ष प्रेम बहादुर तामाङले बताए ।

images
प्रकाशित मिति :आषाढ ५, २०७७ शुक्रवार - २०:४४:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology