Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

ललितपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

दैनिकी न्यूज

३२, जेठ २०७७
ललितपुरमा करेन्ट लागेर एक युवकको मृत्यु
images

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकाथलीमा करेन्ट लागेर सोही ठाउँ बस्ने सिन्धुली घर भएका २३ वर्षीय उत्तम लामाको शनिबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित युवराज श्रेष्ठको निर्माणधिन घरको सामान रेखदेख गर्ने लामाले बिजुलीको स्वीच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकाले पाटन अस्पताल ल्याएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परीसर ललितपुरले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ ३२, २०७७ आइतवार - १४:३१:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology