Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

दैनिकी न्यूज

३०, जेठ २०७७
शुक्रबार सुनको भाउ स्थिर, चाँदीको घट्यो
images

काठमाडौं । शुक्रबार सुनको भाउ स्थिर रहेको । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ तोकेको छ ।

करिब साढे २ महीनापछि महासंघले आइतबारदेखि दैनिक नयाँ मूल्य सार्वजानिक गर्न थालेकोमा सो पश्चात लगातार तेस्रो दिन पनि सुनको भाउ बढेको हो । आइतबार १० हजार चार सय रुपैयाँ बढाएर नयाँ मूल्य तोकेको थियो भने त्यसपश्चात सोमबार एक सय रुपैयाँ, मंगलबार दुइ सय, बुधबार नौ सय र शुक्रबार १ हजारले रुपैयाँले बढेको थियो ।

बिहीबार छापावाला सुनको भाउ प्रतितोला ८९ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १ सय ६५ रुपैयाँ कारोबार भएको थियो ।

तर शुक्रबार चाँदीको भाउ भने घटेको छ । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रति तोला ९ सय ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । तर बिहीबार चाँदी ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

3-60.PNG

images
प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ११:५०:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology