Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आइतबारदेखी सुनचाँदीको विक्री सुरु, लकडाउनमा साढे दश हजारले बढ्याे सुन

आइतबारदेखी सुनचाँदीको विक्री सुरु, लकडाउनमा साढे दश हजारले बढ्याे सुन

दैनिकी न्यूज

२५, जेठ २०७७
आइतबारदेखी सुनचाँदीको विक्री सुरु, लकडाउनमा साढे दश हजारले बढ्याे सुन
images

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको भाउ चैत्र १० गतेपछि पहिलो पटक सार्वजनिक गरेको छ । आइतबार छापावाल सुन प्रति तोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । लकडाउनको अवधीमा सुनको भाउ प्रतितोला १० हजार ४ सयले बढेको छ ।

चैत १० गते अन्तिम पटक ७७ हजार रुपैयाँ तोकिएको थियो । त्यस्तै तेजाबी सुन प्रति तोला ८६ हजार ९६० रुपैयामा कारोबार भैरहेको छ ।

यता चाँदी प्रति तोला ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यसैगरी चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँले बढेर ९२५ रुपैयाँ पुगेको छ। लकडाउनअघि चाँदीको भाउ प्रतितोला ७२० रुपैयाँ तोकिएको थियो।

 



1.PNG

images
प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - ११:५४:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology