काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा विवादित परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
बिहीबार सार्वजनिक भएको बजेटमा एमसीसी घुसाइएको भन्दै नेकपाका केही सचिवालय सदस्यले नै विरोध गरेपछि सचिवालय बैठकमा छलफल थालिएको हो ।
एमसीसी अमेरिकाको सैन्य रणनीतिको अंग भएकोले नेपालको संविधान, परराष्ट्र नीति र भूराजनीति विपरित हुने भन्दै नेकपाकै केही नेताहरुले भने विरोध गर्दै आएका छन् ।