Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार साँझ ७ जना थपिए, संक्रमित संख्या ६८२ पुग्यो

सोमबार साँझ ७ जना थपिए, संक्रमित संख्या ६८२ पुग्यो

रामहरि कार्की

१२, जेठ २०७७
सोमबार साँझ ७  जना थपिए, संक्रमित संख्या ६८२ पुग्यो
images

काठमाडौं, जेठ १२ । नेपालमा सोमबार थप ७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयले ४ बजे गरेको नियमित ब्रिफिङमा ६ जना कोरोना भाइरस संक्रमित भएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित संख्या ६ सय ८२ पुगेको छ । २५ जना आज डिस्चार्ज भएका छन् ।

सोमबार आयोजित नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

पछिल्ला दिन भारतीय सीमाबाट नेपाली आउन थालेपछि कोरोना पोजिटिभ बढ्न थालेको हो ।

मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता देवकोटाले संक्रमित हुनेमा आछामका ३२ वर्षिय १ पुरुष, वर्दियाका १८, २२ २४ वर्षिय पुरुष र पर्साका १८, २८ वर्षका पुरुष देखिएको बताए । २८ वर्षिय पुरुषको स्थायी घर काठमाडौं भएतापनि हाल उनी पार्सामा कार्यरत छन् ।

सोमबार बिहान थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित हुनेमा धनुषामा ३, कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यस्तै, बाँकेमा ४, बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हालसम्म पिसिआरबाट ५१ हजार ६४२ जना र आरडिटीबाट ९५ हजार ११९ जनाको परीक्षण गरिएको छ ।

अहिलेसम्म नेपालका ४० जिल्लामा संक्रमण देखिएको छ । हालसम्म संक्रमित भएको जिल्ला ४० पुगेको छ । ११२ जना निको भई घर फर्किएका छन् । ४ जनाको मृत्यू भएको छ ।

images
प्रकाशित मिति :जेठ १२, २०७७ सोमवार - १७:११:४५ बजे

 

रामहरि कार्की

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology