Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images

पश्चिमी वायुको प्रभाव कायमै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव कायमै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना

दैनिकी न्यूज

११, कार्तिक २०८३
पश्चिमी वायुको प्रभाव कायमै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना
images

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने भएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर आंशिक बादल लाग्ने पूर्वानुमान छ।

बुधबार देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

बिहीबार भने मौसम थप बदली हुने देखिएको छ। देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ। त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

images
प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - ०८:०६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology