Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने

दैनिकी न्यूज

९, कार्तिक २०८३
हिमाली क्षेत्रमा हिमपातको सम्भावना, तराईमा मौसम सफा रहने
images

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका केही हिमाली स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ। तराईका साथै उपत्यका र खोँचहरूमा राति तथा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ।

सोमबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली कायम रहने पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही हिमाली स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८३ आइतवार - ०९:०३:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology