काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार मृतकमध्ये ३४ महिला, ६३ पुरुष, ६ बालिका र ७ बालक रहेका छन्। ४७ जनाको भने पहिचान खुल्न सकेको छैन।
प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ। त्यस्तै, नुवाकोटमा ६ महिला र ७ पुरुष तथा धादिङमा १० महिला, १० पुरुष, एक बालिका र पहिचान नखुलेका ६ जनाको शव भेटिएको छ।
गोरखामा २ महिला, ८ पुरुष, एक बालक र पहिचान नखुलेका ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
यसैगरी, चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ। तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव फेला परेको छ।
यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ।