Logo

बिहिवार, भाद्र ४ गते २०८३

images

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

दैनिकी न्यूज

४, भाद्र २०८३
देशभर मनसुनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
images

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। देशभर सामान्यतया बदली भएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

पहाडी भू–भागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मधेश प्रदेश र कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि रहेको छ।

आज राति हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा पनि सामान्यतया बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

राति हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम बुलेटिनमा उल्लेख छ।

images
प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - ०९:२३:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology