Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मनसुनी वायु सक्रिय, देशभर वर्षाको सम्भावना

मनसुनी वायु सक्रिय, देशभर वर्षाको सम्भावना

दैनिकी न्यूज

१४, आश्विन २०८२
मनसुनी वायु सक्रिय, देशभर वर्षाको सम्भावना
images

काठमाडौँ । हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा कायम रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभाग तथा तराइका केही स्थानहरू साथै बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।

तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, र बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०८२ मंगलवार - ०९:२८:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology