Logo

आइतवार, श्रावण २४ गते २०८३

images

देशैभरि मनसुन सक्रिय

देशैभरि मनसुन सक्रिय

दैनिकी न्यूज

२९, श्रावण २०८२
देशैभरि मनसुन सक्रिय
images

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा तराई आसपास अवस्थित रहँदा मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका अधिकांश स्थानमा वर्षा भएको हो ।

विभागले देशभर पूर्णतया बदली रहेको र अधिकांश स्थानमा मध्यम वर्षा भएको जानकारी दिएको छ । मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भीषण वर्षा र एक÷दुई स्थानमा धेरै भीषण वर्षा भएको छ । कर्णाली प्रदेशको एकरदुई स्थानमा भीषण वर्षा भएको छ ।

यसै गरी काठमाडौँ उपत्यकामा पनि बुधबार दिउँसो वर्षा भएको छ । रातिसम्म वर्षा नरोकिएका कारण बागमती नदी तथा विष्णुमती, मनोहरा, हनुमन्तेसहितका सहायक खोला किनार आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

 

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - ०७:१८:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology