Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज प्रतिनिधिसभा बैठक बस्दै

आज प्रतिनिधिसभा बैठक बस्दै

दैनिकी न्यूज

३०, जेठ २०८२
आज प्रतिनिधिसभा बैठक बस्दै
images

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजे बोलाइएको छ।

प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन ।

बैठकमा मुख्यतयाः उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

प्रतिपक्षी दल लगायतको निरन्तर अवरोधका कारण संसदको बैठक जेठ १३ गते देखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।

उनीहरूले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानविन समिति बनाउनु पर्ने मुख्य माग राखिराखेका छन्। तर, सत्ता पक्षले भने अझै यसलाई स्विकार नगरे पछि संसद बैठक प्रभावित हुदैँ आएको छ।

images
प्रकाशित मिति :जेठ ३०, २०८२ शुक्रवार - ०९:०३:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology