Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल प्रहरीको नयाँ आईजीपीमा दीपक थापा

नेपाल प्रहरीको नयाँ आईजीपीमा दीपक थापा

दैनिकी न्यूज

५, चैत्र २०८१
नेपाल प्रहरीको नयाँ आईजीपीमा दीपक थापा
images

काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१ औं महानिरीक्षकमा नियुक्त गरेको हो ।

आईजीपी वसन्त बहादुर कुँवर अवकासमा गएपछि सरकारले थापालाई महानिरीक्षकमा नियुक्त गरेको छ । थापा हालः केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) प्रमुख हुन् । उनी विसं २०५२ भदौ १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।

महानिरीक्षक बन्ने होडमा थापासँगै सुदीप गिरी र टेकबहादुर तामाङ पनि थिए । थापा, गिरी र तामाङ एकै ब्याचमा भर्ना भए पनि थापा एआइजी पदमा बढुवा हुँदा प्रहरी महानिरीक्षक कुँवरसँगै बढुवा भएका थिए । यस अनुसार एआइजीको वरियतामा उनी पहिलो नम्बरमा थिए ।

२६ फागुन २०७९ मा एआइजीमा सिफारिस भएका थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । थापा एआइजी भएको दुई साता पछि गिरी र तामाङ एआइजीमा बढुवा भएका थिए ।

images
प्रकाशित मिति :चैत्र ५, २०८१ मंगलवार - ०७:०१:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology