काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध चयन भएका छन्।
नेकपा (एमाले) का उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्र विकले उम्मेदवारी फिर्ता फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन्।
वडाध्यक्षका लागि तीन जनाको मात्रै उम्मेदवारी परेको थियो। दुई जनाले फिर्ता लिएसँगै माओवादी केन्द्रका उम्मेदवार निर्विरोध चयन भएको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि घर्ती निर्वाचित भएको घोषणा गरेको छ।
वडाध्यक्ष पदका लागि दाखिल भएकामध्ये माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको मात्र उम्मदवारी कायम रहेकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा कार्यालयले गरेको छ।
