Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

दैनिकी न्यूज

३, मंसिर २०८१
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ।

विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनको विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २ देखि ७ गतेसम्म बस्ने निर्णय गरेको थियो। जसअनुसार थप छलफलका लागि आज पदाधिकारी बैठक बोलाउने निर्णय गरेको थियो।

images
प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - ०७:३२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology