Logo

बिहिवार, आश्विन १ गते २०८३

images

सवारी दुर्घटनामा परी ललितपुरमा एकको मृत्यु

सवारी दुर्घटनामा परी ललितपुरमा एकको मृत्यु

दैनिकी न्यूज

१८, आश्विन २०८१
सवारी दुर्घटनामा परी ललितपुरमा एकको मृत्यु
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. १० हनुमानस्थानस्थित सडकमा बा ८७ प ९१७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटो बस्ने ३१ वर्षीय ऋषी कुमार पाठकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सुमेरूसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बि एण्ड बी अस्पताल पठाइएको छ ।

यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १८, २०८१ शुक्रवार - ०६:४१:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology