Logo

आइतवार, श्रावण २४ गते २०८३

images

इलाम – २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम – २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

दैनिकी न्यूज

१८, बैशाख २०८१
इलाम – २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
images

काठमाडौं । इलाम निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई पाँच हजार ८३० मतले पराजित गरेका हुन् । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा एमालेले झण्डै तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ ।

२०८० साल भदौ २७ मा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ रिक्त थियो ।

अन्तिम परिणामअनुसार पहिचानवादी शक्ति तेस्रो शक्तिको रुपमा उदाएको छ । पहिचानवादी नेता डकेन्द्र सिहं लिम्बुले ११ हजार चार सय ५७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरे । उनले जमानत जोगाउन असफल भएका छन् । कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि लिम्बूको जमानत जफत भएको हो ।

images
प्रकाशित मिति :बैशाख १८, २०८१ मंगलवार - ०६:५५:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology