Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपनिर्वाचनको कार्यतालिका स्वीकृत, चैत २४ गते उम्मेदवारी दर्ता

उपनिर्वाचनको कार्यतालिका स्वीकृत, चैत २४ गते उम्मेदवारी दर्ता

दैनिकी न्यूज

१४, फाल्गुण २०८०
उपनिर्वाचनको कार्यतालिका स्वीकृत, चैत २४ गते उम्मेदवारी दर्ता
images

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते गर्ने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा हुने उपनिर्वाचनका लागि आयोगले सोमबार कार्यतालिका स्वीकृत गरेको हो।

स्वीकृत निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने आयोगका उपसचिव एवं सहायक प्रवक्ता थानेश्वर भुसालले जानकारी दिए।

चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ।

निर्वाचन कार्यक्रम अनुसार चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ। चैत २८ गतेदेखि २०८१ वैशाख १२ गते सम्म प्रचारप्रसारको अवधि रहनेछ।

२०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - १६:१४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology