Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रिय सभामा माओवादी पहिलो दल बन्दै

राष्ट्रिय सभामा माओवादी पहिलो दल बन्दै

दैनिकी न्यूज

२४, पौष २०८०
राष्ट्रिय सभामा माओवादी पहिलो दल बन्दै
images

काठमाडौं । माघ ११ गते हुने निर्वाचनपछि राष्ट्रिय सभामा दलहरूको हैसियतमा फेरबदल आउने भएको छ । हाल पहिलो दल एमाले तेस्रोमा खुम्चिने भएको छ भने दोस्रो दल माओवादी पहिलो र तेस्रो दल कांग्रेस दोस्रो स्थानमा पुग्दै छ ।

अहिले राष्ट्रपतिबाट मनोनीतसहित एमालेका १८ सांसद छन् । मनोनीतसहित नौजनाको पद रिक्त हुँदै छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारअनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चितजस्तै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट पनि एमालेको हुनेछैन । त्यस्तो अवस्थामा एमाले नौ सिटमा खुम्चिँदै तेस्रो स्थानमा पुग्नेछ  ।

राष्ट्रपतिबाट मनोनीतसहित अहिले माओवादीका १६ सांसद छन् । २१ फागुनबाट तीन सांसद बिदा हुँदै छन् । तर, यो निर्वाचनबाट ६ सांसद थपिँदै राष्ट्रिय सभामा कुल संख्या १९ पुग्दै छ । त्यस्तै, कांग्रेसका अहिले १० सांसद छन् । चार सांसदको पद रिक्त हुँदै छ । निर्वाचनपछि १० सांसद थपिँदै छन् । कुल संख्या १६ पुग्दै छ ।

एकीकृत समाजवादीका अहिले आठ सांसद छन् । दुईजनाको पद रिक्त हुँदै छ भने दुईजना नै उम्मेदवार छन् । त्यस्तै, जसपाका तीन सांसद छन् । एक सांसदको पद रिक्त हुँदै छ भने एकजना नै थपिँदै छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत एक–एक सांसद छन् ।

माघ २१ गते हुने निर्वाचनमा राष्ट्रिय सभामा कुल २० सदस्य पद रिक्त भए पनि निर्वाचन हुने १९ पदका लागि हिजो (सोमबार) उम्मेदवारी दर्ता भएको छ । एक सदस्यको मनोनयन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - ०७:३९:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology