Logo

आइतवार, श्रावण २४ गते २०८३

images

राष्ट्रिय सभा निर्वाचनमा एमालेले टुंग्यायो उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनमा एमालेले टुंग्यायो उम्मेदवार

दैनिकी न्यूज

२२, पौष २०८०
राष्ट्रिय सभा निर्वाचनमा एमालेले टुंग्यायो उम्मेदवार
images

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । महासचिव शंकर पोखरलले विज्ञप्ति जारी गरी उमेदवार छानिएको जानकारी गराएका छन् । कोसी प्रदेशमा महिलातर्फ रुक्मिणी कोइराला (सुनसरी) र अन्यतर्फ पर्शुराम अधिकारी (भोजपुर) लाई उमेदवार बनाइएको छ ।

मधेस प्रदेशमा महिलातर्फ उषादेवी थरुनी (पर्सा) र अन्यतर्फ डा. अर्जुनकुमार सिंह राजपुत (महोत्तरी) लाई एमालेले उमेदवार बनाएको छ ।

वाग्मती प्रदेशमा महिलातर्फ रोचकुमारी चौलागाईं (दोलखा), अन्यतर्फ त्रिलोचन निर्मल पौडेल (चितवन), अपांगता/अल्पसंख्यकतर्फ विवेक देवकोटा (काठमाडौं) र दलिततर्फ ध्रुवराज विश्वकर्मा (धादिङ) लाई उमेदवार बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशमा महिलातर्फ सम्झना देवकोटा (गोरखा), अन्यतर्फ चक्रबहादुर पराजुली (स्याङ्जा) र अपांगता/अल्पसंख्यकतर्फ हेमचन्द्र शेरचन (मुस्ताङ) लाई उमेदवार बनाइएको छ ।

लुम्बिनी प्रदेशमा महिलातर्फ तुलसाकुमारी केसी (दाङ) र अन्यतर्फ झपेन्द्रबहादुर घर्तीक्षेत्री (पाल्पा) लाई उमेदवार बनाउने निणएय गरिएको छ ।

कर्णाली प्रदेशमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु) र दलिततर्फ हिक्मत विक (दैलेख) लाई उमेदवार बनाइएको छ ।

सुदूरपश्चिम प्रदेशमा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपांगता/अल्पसंख्यकतर्फ रामचन्द्र जोशी (कैलाली) लाई उमेदवार चयन गरिएको पोखरेलले जानकारी दिए ।

एमालेले सत्ता गठबन्धनसँग सहकार्य गर्ने विषयमा कुरा नमिलेपछि एक्लै १९ वटै पदमा उमेदवार तय गरेको हो ।

images
प्रकाशित मिति :पौष २२, २०८० आइतवार - १७:०८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology